चार दशकपछि ‘विदेश जाने मायालु’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पाेखरा | मंसिर २, २०७९

चार दशकपछि ‘विदेश जाने मायालु’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पोखराः    सन् १९८१ मा रचना गरिएको ‘विदेश जाने मायालु’ गीतकाे चार दशकपछि भिडियो सार्वजनिक भएको छ ।  दीपक थापाको ‘विदेश जाने मायालु’ बोलको गीतको म्युजिक भिडियो  आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलन गर्दै सावर्जनिक गरिएको हो ।


सो कार्यक्रममा बोल्दै गायक तथा रचनाकार दीपक थापाले पहिलो पटक पोखरामै गाएको बताए । उक्त गीत हरेक नेपालीले मन पराएपनि आफुलाई नचिनेको बताए । ‘यो गीत धेरैले मन पराउनु भयो । सबैले गुनगुनाए  तर मेरो हो भन्ने कमैलाई मात्र थाहा थियो । यतिका वर्षपछि भिडियो ल्याएका छौ, उनले भने, ‘सबैले माया गरिदिनुहुनेछ ।’


उनले उक्त गीत काल्पनिक नभएको बताउदै भने, ‘यो गीत मेरै कथामा आधारित हो भन्न सकेको थिएन । कतै कतै मात्र हो भन्थे । हुन त हरेको आफ्नै कथा हुन्छ । सत्य कथामा आधारित हुदा बढी फिल हुनेरहेछ ।’


उनले समय बद्लिएपछि माया गर्ने र विदेशीनेको कथा अझै पनि ताजै रहेको सुनाए । ‘विदेश जाने मायालु’ तीन पुस्ताको कथामा आधारित छ, उनले भने, ‘बच्चा जमन्छ, युवा अवस्थामा माया प्रेम सम्बन्ध हुन्छ, पछि विदेश जान्छ र केही समय पछि भेट हुन्छ । यसरी नै यो गीतले तीन पुस्ताको कथालाई चित्रण गरेको छ ।’


रोहन नेपालीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा भगवती मल्ल, दीपक थापा, विशाल सारुमगर, सपना क्षेत्री, एरिसा गुरुङ र अनमोल राणाको अभिनय रहेको छ ।

भिडियो:

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

थप पढ्नुहोस्

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...

थप पढ्नुहोस्

पाेखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ ।    प्रतियोगितामा शुक्लागण्डकी  नगरपालिका तनहु...

थप पढ्नुहोस्